Tune to BFM 91.2|Biratnagar

सुनसरीमा ७८ जनामा कोरोना संक्रमण

विराटनगर २१ भदौ ।सुनसरीमा गएको २४ घण्टामा ६१ जना सैनिकसहति ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

धरानमा २ वर्षीया बालिकासहित ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।कोरोना संक्रमित हुनेमा धरान १३ स्थित फुस्रे आर्मी क्याम्पका ६१ सेनाका जवान रहेका छन् ।

२ वर्षीया बालिका सैनिककै छोरी हुन् । त्यसबाहेक इलाका प्रहरी कार्यालय धरानका २ प्रहरी र ६ जना विभिन्न अभियोगमा पक्राउ परेका थुनुवाहरुलाई पनि कोरोना पुष्टि भएको छ ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनीहरु सबैलाई कोरोना पुष्टि भएको हो ।

यस्तै इटहरी उपमहानगरपालिकाका ७ जनामा कोराना देखिएको छ । योसँगै सुनसरीमा थप ७८ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिनुभयो ।

योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ सय ८० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button