Tune to BFM 91.2|Biratnagar

सुनसरी र मोरंग ग्रासरुट लिग च्याम्पियन

बिराटनगर १७ फागुन सुनसरी र मोरंग सुनसरीको इटहरीमा सम्पन्न ग्रासरुट क्षेत्रिय लिग फूटबलमा च्याम्पियन बनेका छन । इटहरी २० तरहरामा तीन दिनसम्म भएको लिगमा बिजयी हुदै सुनसरी र मोरंग प्रदेश लिगका लागि छनौट भएको हुन ।

दश बर्षमुनीको उमेर समुह अन्तर्गत भएको फाइनल खेलमा सुनसरीले मोरंगलाई तीन सुन्यले पराजित गर्दै प्रदेश लिगको लागि छनौट भएको हो । यस्तै १३ बर्ष उमेर समुह अन्तर्गत मोरंगले सुनसरीलाई तीन सुन्यले नै पराजित गर्दै छनौट भएको छ ।

१३ बर्ष मुनीको छात्रा तर्फको खेलमा मोरंगले सुनसरीलाई दुई एक गोल अन्तरले पराजित गर्दै प्रदेश लिगको लागि छनौट भएको छ । लिगमा प्रदेश एकका झापा, मोरंग, सुनसरी र उदपयुर गरी चार जिल्ला सहभागी थिए ।

अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी जिल्ला कोषाध्यक्ष कोबितजंग कार्कीका अनुसार लिग बिजेताले आगामी महिना हुने प्रदेशस्तरिय लिग खेल्न पाउने छन । प्रदेश लिगमा भोजपुर र ताप्लेजुंगबाट छनौट भएर आएका टीमसंग आगामी महिना प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button