Tune to BFM 91.2|Biratnagar

सुन्दरहरैंचाका विपन्न परिवारलाई राहत वितरण

विराटनगर, २३ असार । बेलायतमा बसोबास गर्ने नेपालीहरुको संस्था सयपत्री नेपाली सेवा समाज युकेले मोरङको सुन्दरहरैंचाका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

खासगरि कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएर विहान बेलुकाको छाक टार्न नै समस्या भएका सुन्दरहरैंचा वडा नम्बर ६ गैरि टोलका विपन्न ४० परिवारलाई सयपत्री नेपाली सेवा समाज युकेले खाद्यान्न सहयोग गरेको हो ।

नेपाली वेलफेयर सोसाइटी युकेको संयोजनमा ४० घर बिपन्न परिवारलाई प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल, दुई पोका नुन र दुई थान साबुन बितरण गरिएको सयपत्री नेपाली सेवा समाजका अध्यक्ष दिलिप महराले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button