Tune to BFM 91.2|Biratnagar

सुन्दरहरैंचाको कल्भर्टमा भेटियो पुरुषको शव

विराटनगर, ४ असोज । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित कल्भर्टको पानीमा डुबेको अवस्था आज बिहान एक पुरुषको शव भेटिएको छ ।

हिजोदेखि परिवारको सम्पर्कमा नरहेका ५८ वर्षीय मनकुमार तामाङलाई स्थानीयले डुबेर मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । तामाङ प्राय मादक पदार्थ सेवन (मापसे) गरेर हिँड्ने गरेको स्थानीयले प्रहरीलाई बताएका छन् ।

मापसे गरेर लडेका कारण उठ्न नसक्दा कल्भर्टको पानीमा डुबेर उनको मृत्यु भएको हुुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले शव पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button