सुन्दरहरैचा १ लाई बाल विवाह मुक्त वडा घोषणा गरिने

0
71

विराटनगर, २८ साउन । मोरंगको सुन्दरहरैचा १ लाई आगामी चैत भित्रमा बाल विवाह मुक्त वडा घोषणा गरिने भएको छ । आज हरैचामा आयोजित बाल विवाह अन्त्यका लागि प्रतिवद्धता घोषणा सभामा वडाध्यक्ष विनोद वस्नेतले आगामी चैत्र भित्रमा बाल विवाह अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बाल विवाह भएको कसैले सूचना दिए वडाले १ हजार पुरस्कार दिने समेत बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रमुख शिव ढकालले बालबालिकासँग संवन्धित कार्यक्रम बालबालिकाकै सहभागितामा गराउने बताउनुभयो । प्रतिबद्धता गरे अनुसार नै वडा नं. १ लाई चैत भित्रमा बाल विवाहमुक्त घोषणा गरिने बताउनुभयो । मोरंगका ५ वटा स्थानीय तहका ८ वटा वडामा वल्र्ड भिजनको सहयोगमा नारी विकास संघ विराटनगरले स्थानीय तहसँगको समन्वयमा बाल विवाह अन्त्यका लागि काम गरिरहेको छ । अहिले सम्म ग्रामथान १ र २ बाल विवाह मुक्त वडा भएका छन् । विराटनगर १९, कटहरी ५ र ६ , बुढीगंगगा ७ ले यसै वर्ष भित्रमा बाल विवाह मुक्त वडा घोषणा गरि सक्ने बताएका छन् । बुढीगंगगा ६ नंवर वडाले बाल विवाह अन्त्य गर्ने प्रतिबद्धता जनाउन बाँकी रहेको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here