Tune to BFM 91.2|Biratnagar

सुरक्षाकर्मीलाई मास्क र खाजा वितरण

विराटनगर, २९ चैत । कोरोना भाइरस संक्रमण रोकथामका लागि आह्वान गरेको लकडाउन कार्यान्यन गराउन खटिएका सुरक्षाकर्मीलाई लायन्स क्लब अफ विराटनगर युनिकले व्यक्तिगत सुरक्षा सामाग्री र खाजा वितरण गरेको छ ।

आज विराटनगर प्रवेशद्वार (ढाट)देखि रोडशेष चोक, विराटनगर मेनरोड हुँदै पुष्पलाल चोकसम्म डिउटीमा खटिएका प्रहरीहरुलाई मास्क, सर्जिकल पन्जा र खाजा वितरण गरिएको हो ।

सुरक्षामा खटिएका प्रहरीहरुलाई प्रोत्साहन गर्ने भावना साथ खाजा र मास्क लगाएतका सामाग्री सहयोग गरिएको क्लबका अध्यक्ष लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button