सुशासन कायम गर्न शिक्षामा रुपान्तरण आवश्यक : गिरीराजमणी पोखरेल

0
95

विराटनगर, ४ भाद्र । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले, सुशासन कायम गर्न शिक्षामा रुपान्तरण आवश्यक रहेको वताउनु भएको छ । विद्यालय सैक्षिक गुुणस्तर सुधार अभियानको आज विराटनगरमा उद्घाटन गर्नुुहुुदै उहाँले नया युगलाई संवोधन हुनेगरि सवै विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने वताउनुभयो ।
उहाले परम्परागत शैक्षिक प्रणालीवाट विकास संभव नहुने भएकाले अवको शिक्षा विद्यालय मैत्रि र प्रविधिमैत्री हुनुपर्ने उल्लेख गर्नुभयो । ठुलो संख्यामा वालवालिकाहरु अझैपनि विद्यालय वाहिर रहेकाले ती वालावालिकालाई विद्यालयमा पढन आउने वातवराण वनाउन शिक्षक तथा अभिभावक लाग्नुपर्ने उहाँले वताउनुभयो ।
मन्त्री पोखरेलले वर्तमान सरकारले शैक्षिक सुधारकालागी शिक्षामा ठुुलो लगानी गरेकाले त्यसको सहि रुपमा सदुपयोग हुनु जरुरी रहेको वताउनुभयो । उहाँले विद्यालयको नतिजा हेरेर अनुदान दिने व्यवस्था सरकारले मिलाएको उल्लेख गर्दै शिक्षा सेवा आयोगमा पास भएकाहरुलाई मात्र अव विद्यालयको शिक्षकमा नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नम्वर १ का समाजिक विकासमन्त्री जिवन घिमिरेले, प्रदेस सरकारले विद्यालय भर्ना अभियानलाई प्रभावकारी रुपमा अघि वढाएर विद्यालय वाहिर रहेका वालिवालिकालाई विद्यालय भर्ना गराउन सफल भएको वताउनुभयो । कार्यक्रममा विभिन्न विद्यालयहरुले आ–आफनो विद्यालयको सैक्षिक गुणस्तरको अवस्था वारे जानकारी गराएका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here