Tune to BFM 91.2|Biratnagar

सुस्त मनस्थितिकी महिलालाई बलात्कार गर्ने पक्राउ

विराटनगर, २४ फागुन । घटना भएको लामो समयपछि सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गर्ने मोरङको कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले हिजो साँझ बेलबारी नगरपालिका–३ स्थित चिया पसलबाट उनलाई पक्राउ गरेको हो । गुरुङले २०६९ साल कात्तिक १७ गते बेलुका सुस्त मनस्थितिकी ४५ वर्षीय महिलामाथि बलात्कार गरेका थिए । बलात्कार गरिरहेका बेला स्थानीय बासिन्दाले देखेपछि उनी भागेका थिए ।

घटना लगत्तै फरार बनेर भारत पुगेका उनी दुई वर्ष अघि मात्रै नेपाल फर्किएको खुलेको छ । भारतबाट फर्किएपछि बेलबारीमा जग्गा दलालीको काम गरिरहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डीएसपी गिरीले बताउनु भयो । भारतमा रहँदा पञ्जावको प्लाइउड फ्याक्ट्रिमा काम गरेको खुलेको गिरीको भनाइ छ ।

घटना गराएपछि बिहे गरेर घरजम बसाएका उनी अहिले बेलबारीमा डेरा खोजेर श्रीमती र एक छोरीसहित बस्दै आएको खुलेको प्रहरीलाई उद्रित गर्दै हाम्रा सहकर्मी किशोर बुढाथोकीले जनाउनु भएको छ । घटनापछि भागेका उनी विरुद्ध प्रहरीले फरार प्रतिवादी बनाएर जवरजस्ती करणी मुद्दा चलाएको थियो ।

जिल्ला अदालत मोरङले २०७४ साल जेठ १ गते बलात्कार घटनामा दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाए पनि गुरुङ पक्राउ परेका थिएनन् । जवरजस्ती करणीमा पाँच र सुस्त मनस्थितिकी महिलामाथि करणी गरेकोमा थप पाँच गरेर गुरुङ विरुद्ध १० वर्ष कैद सजायको फैसला अदालतले गरेको थियो ।

घटनापछि पक्राउ पर्ने डरले भारत पुगेको र नेपाल फर्किएर जग्गा दलाली गर्दै .गर्दा पक्राउ गरिएका गुरुङलाई भोलि जिल्ला अदालत मोरङमा पेस गरिने डीएसपी गिरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button