सृजना पार्कको अवलोकन

0
41

विराटनगर, २० फागुन । मोरङको भाउन्नेस्थित पूर्व पश्चिम राजमार्ग संगै रहेको सृजना सामुदायिक वन क्षेत्रमा रहेको सृजना पार्कको केही दिनदेखि राष्ट्रिय स्तरका शिर्ष नेताहरुले अवलोकन गर्ने क्रम बढेको छ । बुधवार नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका नेताहरु विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत, विमलेन्द्र निधी लगायतले उक्त पार्कको अवलोकन गर्नुभएको छ । कार्यशाला सञ्चालन भएयता पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल , संघीय मामिला तथा कानुन मन्त्री भानुभक्त ढकाल, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेशका अन्य मन्त्रीहरु लगायतले अवलोकन गरिसक्नु भएको छ । सृजना सामुदायिक वन उपभोक्ता समितिको ३३ विगाहा क्षेत्रमा पार्क निर्माण गरिरहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here