सेक्यूरिटी कम्पनीले मजदुरलाई दिएन चाडपर्व खर्च

0
125

विराटनगर, १६ असोज । विराटनगरको लायन्स सेक्यूरिटी सर्भिस कम्पनीमा कार्यरत मजदुरले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको गुनासो गरेका छन् । लायन्स सेक्यूरिटी सर्भिस कम्पनीले कार्यरत ३२ जना सुरक्षा मजदुरलाई चाडपर्व खर्च दिन मानेनन् । सो कम्पनीले श्रम ऐनले तोके अनुसारको सेवा सुविधा समेत नदिएको मजदुरहरुले गुनासो पोखेका छन । सो कम्पनी अन्तर्गत कार्यरत मजदुरहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ समेत नदिएकोे पाइएको छ । सो कम्पनीमा कार्यरत सुरक्षा मजदुर प्रमोद निरौलाले आफूहरुलाई मासिक ११ हजार मात्रै पारिश्रमिक दिंदै आएको गुनासो गर्नुभयो । चाडपर्वका बेला खर्चका लागि आवाज उठाउनेहरुलाई बोलाएर कम्पनीले १ हजारदेखि २ हजारसम्म दिएर फकाउन खोजेको निरौलाले बताउनुभयो । लायन्सका सञ्चालक निर्भय पाण्डेले आफूले श्रम ऐनले तोकेकै अनुसारको सेवा सुविधा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले चाडपर्व खर्च अब १÷२ दिनमा उपलब्ध गराउने बताउनुभयो । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले सेक्यूरिटी कम्पनी लगायत क्षेत्रमा कार्यरत मजदुरलाई श्रम ऐनले तोकेको सेवा सुविधा उपलब्ध नगराएको उजुरी आए तत्काल कारबाही गर्ने बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here