सेनाका रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी सेमिफाइनलमा

0
5

सुनसरी, २६ भदौ । इटहरीमा जारी पुष्पलाल स्मुति ब्याडमिन्टनमा सेनाका रत्नजित तामाङ्ग र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । तामाङ्गले पुलिसका सुनिल जोशीलाई २१ । १०, २१ । १३ ले पराजित गरे । अव उनले फाईनल प्रवेशका लागि सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् । नविनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३ । २१, २१ । ११, २१ । १५ ले पाखा लगाए । यस्तै एपिएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१ । १६, २१ । १६ को जित निकाले । सेमिफाईनलम धामीको भिडन्त पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ संग हुने भएको छ । विकासले पुलिसका जीवन आचार्य माथि २१ । ७, १८ । २१, २१ । ११ को जित निकाले । पुरुष एकल खुल्ला तर्फ सेनाका पविन लिनथेप बाँकेको रियाज अन्सारीलाई १६ । २१, २१ । ७, २१ । ११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए । अव उनले सेमिमा एपिएफका प्रियान्सु सिंह क्षेत्री संग प्रतिस्पर्धा गर्ने छन् । प्रियान्सुले एपिएफका ईन्द्र बहादुर महतालाई २६ । २४, २१ । १९ ले पराजित गरे । यस्तै अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटा रहेका छन् । रानाले पुलिसका पूर्णबहादुर थापालाई २१ । १६, २१ । १५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१ । १५, २१ । १४ ले पराजित गर्दै भेट पक्का गरेका हुन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here