सेवाग्राहीसँग घुस लिएका इटहरी उपमहानगरपालिकाका सव–ओभरसियर खड्का निलम्बित

0
200

विराटनगर, जेठ ८ । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा भेटिएका इटहरी उपमहानगरपालिकाका सव–ओभरसियर राम खड्का निलम्बनमा परेका छन् । बुधवार घरसम्पन्नको प्रमाणपत्र लिनेक्रममा सेवाग्राहीबाट घुस रकम लिएपछि खड्कालाई उपमहानगरका मेयर द्वारिकलाल चौधरीले कठालोमा समात्दै कार्यालयबाट निस्काशन गरेका हुन् । खड्काले घुस रकम लिएको गुनासो सेवाग्राहीले गरेपछि कार्यकक्षबाटै घिसारेर निकालिएको मेयर चौधरीले बताए । उनले आफु भ्रष्टाचार विरुद्धको अभियानमा लागि उपमहानगरमा सुशासन कायम गर्न लागिरहेको अवस्थामा सेवाग्राहीबाट घुस रकम लिएको पाइएपछि सव–ओभरसियर खड्कालाई निष्काशन गर्नु परेको उनले बताए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here