Tune to BFM 91.2|Biratnagar

पसलका सटर र घरका प्रवेशद्वारमा सोडियम हाइपो क्लोराइड स्प्रे

विराटनगर, ६ जेठ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जानकी पोली ट्यांकको सहयोगमा विराटनगर–१० मा अवस्थित पसलका सटर र घरका प्रवेशद्वारहरुमा सोडियम हाइपो क्लोराइड छर्केको छ ।

विराटनगर–१० स्थित एकुवा पार्कदेखि प्रतिभा चौकसम्मका पसलका सटर र घरका प्रवेशद्वारहरुमा सोडियम हाइपो क्लोराइड छर्किएको हो । जानकी पोली ट्यांकका प्रबन्धक सन्तोष चौधरीको नेतृत्वको टोलीले सोडियम हाइपो क्लोराइड वडाका विभिन्न क्षेत्रमा छर्किएको छ ।

प्रबन्धक चौधरीले यतिबेला विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीको बेला प्रवेशद्वार र सटर बढी प्रयोग भएकाले वडामा रहेका पसलका सटरहरु र घरका प्रवेशद्वारहरुमा सोडियम हाइपो क्लोराइड छर्किएको बताउनुभयो ।

उहाँले पहिलो चरणमा १ सय ४५ घरको प्रवेशद्वार र ६५ वटा पसलका सटर गरी २ सय १० ठाउँमा क्लोराइड छर्किएको जानकारी दिनुभयो । उहाँले आवश्यक परेको खण्डमा विराटनगरका अन्य क्षेत्रमा पनि हाइपो क्लोराइड छर्किने प्रबन्धक चौधरीले प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button