On Air BFM 91.2|Biratnagar

स्काउटले निःशुल्क मास्कसँगै जनचेतनामुलक पम्पलेट वितरण

विराटनगर, १८ असोज । नेपाल स्काउट प्रदेश नं. १ का स्काउटरहरुले विराटनगरमा निःशुल्क मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण सुरु गरेका छन् ।

पछिल्लो समय बढदै गएको कोरोना संक्रमणको दर न्युनीकरण गर्न स्काउटरहरुले आईतबारदेखि मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण सुरु गरेका हुन् ।

आईतबार जनचेतनामुलक कार्यक्रमको पहिलो दिन विराटनगरस्थित वडा प्रहरी कार्यालय ‘क’ देखि ट्राफिक चौकसम्मको क्षेत्रमा मास्क नलगाएका सर्वसाधारण तथा व्यापारी व्यावसायीहरुलाई निःशूल्क मास्क तथा पम्पलेट वितरण गरिएको छ ।

चाडबाड नजिकिँदै गएका कारण बजार क्षेत्रमा भीडभाड बढन थालेपनि आम नागरिक अझै सचेत नभएकाले केन्द्रको सर्कुलर बमोजिम सचेतनामुलक अभियानको थालनी गरिएको स्काउट मास्टर रवि खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल स्काउटको केन्द्रिय कार्यालयले गरेको निर्णय बमोजिम प्रदेश नं. १ को प्रत्येक शहरमा उक्त अभियान विस्तार गरिनेछ ।

प्रदेश नं. १ का स्काउटरहरुले आईतबार अभियानको पहिलो दिन भने १ हजार मास्क तथा सचेतनामुलक पम्पलेट वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

Call Now Button