स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

0
52

सुनसरी, २७ भदौ । सुनसरीको दुहवीमा स्कुलबसले मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाईकल चालक दुहवी नगरपालिका–४ का ३६ बर्षीय जय नारायण चौधरीको मृत्यु भएको छ । आज बिहान पौने १२ बजे ईटहरीबाट बिराटनगर तर्फ आउँदै गरेको मेरिल्याण्ड स्कुलको को १ क ११८८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि ईटहरीको एपेक्स अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । बस चालक, बस तथा मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here