Tune to BFM 91.2|Biratnagar

स्टिमेट बिल जारी गर्ने व्यवसायिलाई कारबाही

विराटनगर, २७ माघ । आफ्नो ब्यापारीक प्रयोजनका लागी स्टिमेट बिल जारी गरी कारोबार गर्ने व्यवसायिक फर्महरूलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कारवाहीको दायरमा ल्याएको छ ।

भ्याट तथा प्यान बिल जारी गरी कारोबार गर्नुपर्ने व्यवसायिक फर्महरूले स्टिमेट बिल जारी गरी कारोबार गरेको पाइएपछि कारबाहीको दायरमा ल्याएको हो ।विराटनगरस्थित गणनायक मार्केटिङ र अधिकारी किराना पसलले स्टिमेट बिलमा कारोबार गरेको भेटिएपछि जरिमाना गरिएको वािणज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

गणनायक मार्केटिङलाई २० हजार र अधिकारी किराना पसललाई २० हजार रुपैयाँ जरिमाना गरिएको हो । ‘कुनै पनि व्यवसायिक फर्महरूले भ्याट वा प्यान नम्बर भएको बिल बिजकको प्रयोग गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ,’ उहाँले भन्नुभयो, ‘अनुगमनको क्रममा स्टिमेट बिलमा कारोबार गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन अनुसार कारवाहीको दायरमा ल्याएको हौं ।

’विराटनगरका धेरै खुद्रा पसलहरूले स्टिमेट बिलको प्रयोग गर्दै आएकोले धेरै पसलहरूलाई सचेत गराएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button