स्थानीयबासीको विरोधका कारण विद्युत लाईन विस्तार अबरुद्ध

0
181

विराटनगर, ३० वैशाख । मोरङ ग्रामथानको गिदनीय टोलमा स्थानीयबासीको अवरोधका कारण दुहबी–कटहरी खण्डको ३३ के भी प्रसारणको हाइटेनसन लाईनको विस्तार कार्य अबरुद्ध भएको छ । सो प्रसारणलाईन विस्तारमा अबरोध सिर्जना हुँदा कटहरी– रंगेली कोरिडोरका उद्योगले भोग्दै आएको विद्युत आपूर्तिको समस्या तत्काललाई यथावत रहने भएको छ । सो औद्योगिक कोरिडरमा हाल आपूर्ति भईरहेको विद्युत पर्याप्त नभएपछि कटहरीमै सब स्टेशन निर्माण गरी दुहबी सब स्टेशनबाट ३२ के भी प्रसारणको हाइटेनसन लाईन मार्फत विद्युत आपूर्ति गर्न लागिएको हो । त्यसका लागि कटहरीमा विश्व बंैकको सहयोगमा सब स्टेशन निर्माण समेत भईसकेको छ । दुहबी र कटहरी क्षेत्रको २६ किलोमिटर क्षेत्रमा सबै टावरहरु समेत निर्माण गरी गिदनीयको दुई किलोमिटर क्षेत्र बाहेक सबै ठाउमा लाईन बिस्तार गर्ने काम समेत भईसकेको छ । अहिले कटहरी क्षेत्रमा टङ्कीसिनवरी र विराटनगर रानी सब स्टेशनबाट ११ के भी प्रसारणलाईनबाट बिद्युत आपूर्ति गरिँदै आएको छ । तर उक्त क्षेत्रमा साना ठूला गरेर एक सयको सख्यामा उद्योगहरु रहेका छन् । उद्योग र घरेलु प्रयोगकर्ताबाट बिद्युतको माग बढ्न थालेपछि त्यो क्षेत्रमा बिद्युतको ओभरलोड भईरहेको प्राधिकरणको क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख सचिदानन्द यादवले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here