स्वदेशमा उत्पादित ग्रिल उधोग संकटमा

0
112

विराटनगर, १९ भादै । विदेशबाट आउने ग्रिलका कारण स्वदेशी ग्रिल तथा स्टिल व्यवसायहरु संकटमा परेको सहभागीहरुले बताएका छन । ग्रिल तथा स्टिल व्यवसायीसंघ मोरङको विराटनगरमा आज आयोजित दोश्रो जिल्ला अधिवेशनमा सहभागीहरुले भारतबाट आउने ग्रिलका कारण स्वदेशमा उत्पादित ग्रिल उधोग संकटमा परेको बताएका हुन । उनिहरुले अर्वौँ लगानी गरेपनि दक्ष जनशक्ति उत्तपादन हुन नसक्दा विदशी कामदारहरुको प्रभाव बढेको भनाई छ । कार्यक्रममा वोल्दै ग्रिल तथा स्टिल व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवालले नेपालमा ग्रिल उद्योग तर्फ दुई अर्वभन्दा वढि लगानी भएको भन्दै्र यो उधोगलाई थप व्यवस्थित गर्ने तर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उँहाले मुलुकमा रहेका ११ हजार उधोगलाई सहज रुपले ऋण प्रदान गर्न सकेका उद्योग प्रती थप लगानी बढ्ने संभावना रहेको बताउनुभयो । उधोग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न भारतबाट आउने ग्रिलहरुको भन्सार शुल्क बढाउनुपर्नेमा जोड दिनुभयो । ग्रिल तथा स्टिल व्यवसाय महासंघ मोरङका अध्यक्ष विनोद ढकालले विना दर्ता संचालन भएरका र वाहिरबाट आउने झोले व्यवसायीका कारण आफुहरुको श्रमले सहि मुल्य पाउन नसकेको बताउनुभयो । खुला सिमानाका कारण भारताट मेशिन ल्याएर झोले व्यापारीहरुले वन्दै गरेको विकास निर्माण तथा भवन निर्माणका लागी ग्रिल तथा स्टिलका काम गर्ने गरेको व्यवसायीहरुको गुनासो गरेका छ । मोरङ जिल्लामा दुईसयभन्दा वढि ग्रिल उधोग संचालनमा छन । उधोगमा १५ हाजार भन्दा वढिले रोजगार पाएका छन । यो अधिवेशनले नया नेतृत्व समेत चयन गर्ने बताइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here