स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएका छौं : मन्त्री पण्डित

0
45

विराटनगर,  २८ पुस। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बर्तमान सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएकाले उद्योगी व्यवसायिलाई निराश नहुन आग्रह गर्नु भएको छ । उद्योग सङ्गठन मोरङले विराटनगरमा आयोजना गरेका कर सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘सरकार निजी क्षेत्रलाई टाढा राख्न र निरुत्साहीत गर्न चाँहदैन त्यसैले सरकारले उद्योगी व्यवासायीकै सुझावमा विभिन्न कार्यदल निर्माण गरी त्यस मार्फत प्राप्त प्रतिबेदनलाई मन्त्री परिषद र मन्त्रालय मार्फत आवश्यक निर्णय गरी कार्यन्वयन गरिरहेको छ ।’ उहाँले उद्योगी व्यवसायिलाई विदेशबाट आयातित तयारी बस्तुलाई निरुत्साहीत गर्ने गरी उत्पादन मूलक उद्योग सञ्चालन गर्न पनि अनुरोध गर्नुभयो । स्वदेशका चिनी उद्योगीलाई संरक्षण गर्न सरकारले चिनीको भन्सार मूल्यांकन र भन्सार महसुल बढाउने निर्णय गर्दा दशैँ तिहारमा धोका पाएको स्मरण गर्नुभयो । कपडा उद्योगलाई प्रोत्साहन गर्न सरकारले भर्खरै नयाँ निर्णय गरेको जानकारी गराउँदै उहाँले उद्योग छरिदाँ समस्या आएकाले ठूलो औद्योगिक क्षेत्रको निर्णयको अन्तिम तयारी भइसकेको स्पष्ट पार्नुभयो । झापा, मोरङ, सर्लाही, दाङ्ग जस्ता जिल्लाहरुमा ठूलो औद्योगिक क्षेत्रको निर्माण गर्ने गरी सरकारले तयारी गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो । उद्योगी–व्यवसायीले जग्गाको प्लटिङ पनि गर्नु नहुने उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबअनदुर आङ्बोले स्थानीय तहले लगाएका करहरुले केही ठाउँमा समस्या सिर्जजना गरेको अनुभव व्यक्त गर्दै अप्ठ्यारो भएका ठाउँमा आगामी वर्षदेखि सुधार गरिने आश्वासन दिनुभयो । कार्यक्रममा मोरङ व्यापार सङघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले स्थानीय तहले लिने करहरूमा एकरूपता हुनुपर्ने माग गनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here