Tune to BFM 91.2|Biratnagar

स्वास्थ्यकर्मीमाथि भएका अभद्र व्यवहार निन्दनीय

विराटनगर, ९ भदौ । आफ्नो र परिवारको जिउज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा अहोरात्र खटिँदै आएका स्वास्थ्यकर्मीमाथि भएका असामाजिक र अभद्र व्यवहार निन्दनीय रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको नेपाल चिकित्सक संघ कोशी अंञ्चल शाखाले जनाएकोछ ।

संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि भएका अमानवीय व्यवहारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ।’ स्वास्थ्यकर्मीलाई टोल छिमेकमा बस्न नदिने, घरछिमेकबाट हिँड्न नदिने, अभद्र व्यवहार गर्ने, हातपात गर्ने, घर सिल गर्ने धम्की दिने, जस्ता घटनाका दोषीहरुउपर कारबाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्न र यस्ता घटना नदोहोरिने सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ।

पछिल्लो समय कोभिड(१९ संक्रमण समुदाय तर्फ फैलिरहेको अवस्थामा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी समेत संक्रमित भएकाछन ।

यस्तै संघले प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय बाट कोशी अस्पताल, कोभिड ( १९ उपचार केन्द्रमा विस्तार गरिएको क्ष्ऋग् लगायतका वार्डमा काम गर्नका लागि आवश्यक पर्ने जनशक्ति ६ महिना करार सेवामा पदपुर्ती गर्ने गरि निकालिएको विज्ञापन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

छ महिनाका लागि मात्रै करार सम्झौता नगरी कम्तिमा २ वर्षको करार सम्झौता गरि पदपूर्ति गर्ने गरि व्यवस्था गरि मात्र विज्ञापन प्रकाशित गर्न प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयसंग माग गरेको संघका अध्यक्ष डा. फरर्वाड सिलवालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button