Tune to BFM 91.2|Biratnagar

स्वास्थ्यकर्मी संघको प्रशंसा

विराटनगर ३० चैत । कोरोना भाइरस सक्रमणको जटिल परिस्थितिमा पनि अग्रमोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आग्रह गरेको छ ।

संघले हिजो एक बिज्ञप्ति प्रकाशित गर्दै प्रदेश र स्थानिय तहका सरकारहरुले स्वास्थ्यकर्मीको सवालमा गरिरहेका कार्यहरुको प्रशंसा गरेको छ । स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्यमा सरकारले गरिरहेका गतिविधि प्रशंसायोग्य भएपनि आबश्यक स्वास्थ्य शुरक्षाका सामानको अझै अभाव भइरहेकोमा ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष रमेश कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जोखिम भत्ता,विमा र अन्य सुविधा तत्काल उपलब्ध गराउन समेत आग्रह गरेको छ । यस्तै विराटनगर महानगरले स्वास्थ्यकर्मीले खाइपाइ आएको तलब बराबरको शतप्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयको संघले प्रशंसा गरेको छ ।

मानव स्वास्थ्यका लागि सबै स्वास्थ्यकर्मीले दिनरात केही नभनी कोरोना महामारी विरुद्धका काममा जुटिरहेको र भइपरी आउने हरेक परिस्थितीको सामना तयार रहेको समेत संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button