स्वास्थ्य मन्त्री कोसी अस्पतालमा

0
87

विराटनगर, २५ पुस । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज कोसी अञ्चल अस्पताल विराटनगरको निरीक्षण गर्नु भएको छ । अस्पतालको सेवा प्रभावकारी नभएको र रेफर सेन्टरको रुपमा विकसित हुँदै गएको गुनासो बढेपछि मन्त्री आफै अस्पताल पुग्नु भएको हो । विहान ९ बजे अस्पताल पुग्नु भएका यादवले तीन घण्टा सम्म निरीक्षण गर्नु भएको थियो । सबै वार्डको निरीक्षण गरिसकेपछि उहाँले अस्पतालमा कार्यरत चिकिसत्क र कर्मचारीसंग अस्पतालले बिरामीलाई दिंदै आएको सेवाका बारेमा जानकारी पनि लिनु भयो । मन्त्री यादवलाई अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मीनारायण यादवले अस्पतालको वर्तमान अवस्था चुनौती र सुधारका लागि गर्नु पर्ने कार्यहरुका बारेमा लिखित पत्र बुझाउनु भएको छ । त्यस क्रममा मन्त्री यादवले अस्पतालका प्रत्येक विभागका प्रमुखहरु संग अस्पतालको समस्या र सुधार गर्नुे पर्ने विषयमा छलफल गर्नु भएको थियो । उपयुक्त र आधुनिक प्रविधि अभावमा अस्पताल रेफर सेन्टरको रुपमा विकसित हुँदै गएकाले अस्पताललाई नेपाल सरकारबाट विशेषज्ञ चिकित्सक सेवा सहितको स्वास्थ्य संस्थाको रुपमा विकास गर्ने गरी मन्त्री परिषद्ले गरेको निर्णय बमोजिम जनशक्ति, आधुनिक उपकरणको व्यवस्था र भवन निर्माण गर्नु पर्ने आवश्यकता रहेको चिकित्सकको सुझाव छ । स्वास्थ्य मन्त्री यादवले अस्पतालको सबै समस्यालाई समेटेर लिखित रुपमा विवरण पठाउन अस्पताल प्रशासनलाई निर्देशन दिनु भएको छ । उहाँले सरकार कोसी अञ्चल अस्पताललाई सुविधा सम्पन्न र अत्याधुनिक हिसावबाट संचालन गरेर सर्वसाधारण जनतालाई सेवा दिन लागि परेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here