स्वास्थ्य सामाग्री प्रदान
विराटनगर, २८ चैत । राष्ट्रिय युवासंघ जिल्ला कमिटी मोरङ तथा नगर कमिटी बेलबारीले बेलबारी नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
११ थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सेट नगरपालिकालाई हस्तान्तरण गरेको जिल्ला कमिटी सदस्य तोशिष सुवेदीले बताउनुभयो ।
स्वास्थ्य सामाग्री बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरिएको छ ।