Tune to BFM 91.2|Biratnagar

हचुवा खोलामा डुबेर बेपत्ता भएका युवा मृत फेला

विराटनगर, १० साउन । मोरङको केराबारी गाउँपालिका–३ मा रहेको हचुवा खोलाको दहमा डुबेर बेपत्ता भएका युवालाई मृत फेला पारिएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार दहमा डुबेर मृत्यु भएको अवस्थामा भोजपुर घर भइ केराबारी–३ मा बस्दै आएका २४ वर्षीय किरण श्रेष्ठको शव भेटिएको हो ।

प्रहरीका अनुसार पौडी खेल्न भनेर खोलाको पुलमुनिको दहमा पसेका श्रेष्ठ हिजो दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएका थिए । श्रेष्ठको शव स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले राति ९ बजेतिर दहबाट बाहिर निकालेको एसपी राईले बताउनु भयो । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी प्रहरीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button