Tune to BFM 91.2|Biratnagar

हतुवागढीमा सिल, संक्रमितलाई विराटनगर ल्याईयो

विराटनगर, १२ वैशाख । कोरोना भाइरस संक्रमित भोजपुरको हतुवागढी ६ होम्ताङका एक युवालाई उपचारको लागि विराटनगर ल्याईएको छ ।

हिजो संक्रमण पुष्टि भउपछि घोडेटारस्थित स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा राखिएका उनलाई आज विराटनगर ल्याईएको हो । संक्रमितलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र पठाइएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र कार्कीले जानकारी दिनुभयो ।

गएको फागुन ३० मा साउदी अरबबाट फर्किएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । घरमै बसेर घुमफिर गरिरहेका युवालाई कोरोना संक्रमण देखिएपछि गाउँपालिकालाई नै सिल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीका अनुसार हतुवागढीमा कसैलाई प्रवेश गर्न र बाहिर निस्कन नदिनेगरी नाकाहरु सिल गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button