हरियाली वन नेपालकै उत्कृष्ट

0
308

विराटनगर, ३ साउन । मोरङको पथरीशनिश्चरेको हरियाली सामुदायिक वन मुलुक भरबाट उत्कृष्ट बन्न सफल भएको छ । देशभर रहेका २२ हजार समुदायिक वन मध्येबाट हरियाली वन उत्कृष्ट भएको हो । उत्कृष्ट भएसँगै वन तथा भूसंरक्षण विभागले २०७६ को गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार—२०७६ बाट पुरस्कृत गरेको छ । एक लाख राशिसहितको पुरस्कार थापेर पथरी फर्किएपछि आज वन उपभोक्ता समूहले पत्रकार सम्मेलन गरेर आफूले गरेका उत्कृष्ट कार्यहरुका बारेमा जानकारी दिएको थियो । समूहले उपभोक्ता र वन कर्मचारीहरुसँग भेटघाट गरेर खुसियाली साटासाट समेत गरेको छ । वन विभागले असार ३१ गते काठमाडौमा पुरस्कार वितरण गरेको थियो । वन व्यवस्थापन, गरिवी न्यूनीकरण, सामाजिक विकासमा उत्कृष्ट हुनुको साथै सुशासन रहेको आधारमा वन विभागले पुरस्कृत गरेको सव डिभिजन वन कार्यालय पथरीका प्रमुख सहायक वन अधिकृत महोमद अलाउदिनले बताउनुभयो । हरियालीले यस अघिपनि गणेशमान सिंह पुरस्कारकै सान्त्वना पाएको थियो । त्यसैगरी २०७५ मा मोरङ जिल्लामा प्रथम, २०७४ मा जिल्ला दोस्रो र २०६३ मा जिल्लाकै सान्त्वना पुरस्कार पाएको थियो । २०५६ सालमा गठन भएको प्रस्तावित हरियाली सामुदायिक वन २०६३ मा विधान दर्ता र २०७१ पुस ९ गते जिल्ला वन कार्यालय मोरङबाट स्वीकृत कार्ययोजनासहित समुदायमा हस्तान्तरण भएको हो । यस वन समूहको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २, ३ र ७ नम्बर वडाका एक हजार २८ घरधुरी उपभोक्ता सदस्यहरु छन । वन २४५.९४ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here