Tune to BFM 91.2|Biratnagar

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन

काठमाण्डौं। ५ भदौ । दुई दशकदेखि कलाकर्ममा सक्रिय हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । कोरोना संक्रमण भएर केही महिनाभन्दा अघिदेखि उपचाररत थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको उनका परिवारका सदस्यले जानकारी दिए । ‘उहाँको अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो’, जीवन थापाले बताउनुभयो, ‘शम्भुराजको आजै दाहसंस्कार हुने छ ।’

६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गर्नुभएको थियो । केही ठूला पर्दाका चलचित्र र विज्ञापनमा पनि उहाँ देखिँदै आउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button