हाम्रो समाजको न्यानो कपडा वितरण अभियान
विराटनगर ८ पुस । विराटनगर–९ कलेजरोडस्थित ‘हाम्रो समाज’ ले गरिब तथा विपन्न वर्गका नागरिकलाई न्यानो लत्ताकपडा वितरण गर्ने अभियानको थालनी गरेको छ ।जाडोयाम र शीतलहर सुरु भएसँगै समाजले सो अभियानको थालनी गरेको जनाएको छ ।
केही दिनयता देशैभरि जाडो बढेको र कुहिरोसँगै चिसो सिरौटो पनि चल्न थालेको अवस्थालाई मध्यनजर गर्दै समाजले आवश्यकता भएकालाई न्यानो लुगा वितरण गर्ने अभियान चलाएका हुन् । आम मानिसले जाडो छेक्नको लागि न्यानो र तातो लुगा लगाएर बस्ने गरेको भएपनि क्षमता नभएकाहरु जाडोमा कठ्याङ्ग्रिएर बस्नुपर्ने र ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न समाजले अभियानको थालनी गरेको जनाएको छ ।
समाजले प्रयोगमा नल्याइएका न्यानो लुगाहरु सङ्कलन गरेर ड्राईक्लिनिङमार्फत सफा गराएर मात्र वितरण गर्दै आएको समाजका अध्यक्ष अनुप सापकोटाले बताउनुभयो । उहाँले महानगरभित्र कसैको घरमा प्रयोगमा नल्याईएका कपडाहरु भए समाजलाई उपलब्ध गराईदिन आग्रहसमेत गर्नुभएको छ ।समाजले २ दिनदेखि निःशुल्क कपडा वितरण गर्दै आएको जनाएको छ ।