Tune to BFM 91.2|Biratnagar

हालसम्म २ हजार ५ सय जना नेपाली स्वदेश फर्किए

विराटनगर ७ असार । विराटनगर–जोगबनी सिमानाका हुँदै थप २३ जना नेपालीहरु स्वदेश आएका छन ।

सो नाका हुँदै शनिवार १४ पुरुष र ९ जना महिलागरि २३ जना नेपाली स्वदेश आएका छन । कोरोना महामारीका कारण नेपालभारत अन्र्तराष्ट्रिय सिमा सिल गरिएयता हालसम्म विराटनगर–जोगबनी सिमानाका हुँदै २ हजार ५ सय जना नेपाली स्वदेश फर्किएका छन ।

चैत्र १३ यता २ हजार २५ पुरुष र ४ सय ७५ महिला गरि २ हजार ५ सय जना नेपाली स्वदेश आईसकेका छन ।

अध्ययन तथा रोजगारी लगायतका विभिन्न प्रयोजनले भारत गएका नेपालीहरु लकडाउनपछि फर्किने क्रम जारी छ । सोहि अवधिमा ३ हजार ७ सय ६९ जना भारतीयहरु बाहिरिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button