‘हिंसाका कार्यक्रममा अरुलाई पनि सहभागी गराउ’ : खड्गबहादुर फागो

0
88

विराटनगर, १ असार । उर्लाबारी नगरपालिका प्रमुख खड्गबहादुर फागोले लंैगिक हिंसाका कार्यक्रममा पुरुष र अन्यलाई पनि सहभागी गराउन निर्देशन दिनुभएको छ । उर्लाबारी नगरपालिका स्वस्थ्य तथा सामाजिक विकास शाखाले आज आयोजना गरेको लैगिक हिंसा सम्बन्धी एक दिवसीय तालिमको उद्घाटन समारोहमा प्रमुख फागोले तालिममा सहभागी महिला मात्र भएकोमा असन्तुष्टी जनाउँदै समाजमा पुरुष तथा अन्य (तेस्रो लिंगी) हिसांमा परेकाले कार्यक्रम आयोजकले विभेद गर्नु नहुने सुझाव दिनुभयो । मेयर फागोले नगरपालिकाले आयोजना गरिने कार्यक्रममा उदेश्य अनुरुप सबै बर्गमा नागरिकहरुलाई सहभागिता गराउन सके मात्र हिंसा तथा वर्ग विभेदलाई न्यूनीकरण गर्न मदत पुग्ने बताउँदै समाजमा पुरुषबाट महिला, महिलाबाट पुरुष तथा महिला र पुरुष दुवैबाट तेस्रो लिङगी लैगिक हिंसामा परेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी भण्डारी, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना नगरपालिकाका कानुन अधिकृत ईन्द्र लुइँटेल, नगरपालिकाका जनस्वस्थ्य अधिकृत प्रियंका खतिवडा, स्वास्थ्य शाखाका संयोजक तोयानाथ घिमिरे, सह–संयोजक रेणुकाप्रसाद काफलेले तालिममा सहजीकरणका साथै लैंगिक हिंसा, प्रकार, न्यूनीकरणका उपायहरु र लैंगिक हिंसाका बारेका कानुनी व्यवस्था तथा समनताबारे सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा महिला जनप्रतिनिधी, महिला स्वयं सेविकाहरुको सहभागीता रहेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here