हिसान स्मोर्टस् मिट : कान्तिपुर, सगरमाथा, भानु र शिक्षादीप कलेज विजयी

विराटनगर, ८ माघ । विराटनगरमा जारी आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत आज भएको खेलमा कान्तिपुर, सगरमाथा, भानु र शिक्षादीप कलेज विजयी भएका छन् । आज भएको क्रिकेटमा कान्तिपुर र सगरमाथा सेकेण्डरी स्कूलले जित हात पारेको छ । पहिलो खेलमा कान्तिपुर कलेजले भानु कलेजलाई ८ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा सगरमाथा सेकेण्डरी स्कूलले शिक्षादिप कलेजलाई १ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सया ११ रनको सामान्य योगफल तयार पारेको थियो । १ सय १२ रनको लक्ष्य पछ्याएको सगरमाथाले १९ दशमलव ३ बलमा ९ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको छ । फुटबलमा कान्तिपुर कलेज, भानु र शिक्षादीप कलेज विजयी भएका छन् । पहिलो खेलमा कान्तिपुर कलेजले वेलबारीको शिक्षा सन्देश कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णय गोल कान्तीपुरका विकाश राईले गरे । दोस्रोे खेलमा भानु कलेजले नेता चौकको वुद्ध सेकेण्डरी स्कूललाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच भानुका सुजन कार्की र प्रवेश खड्काले १–१ गोल गरे । तेस्रोे खेलमा अर्किड कलेजले शिक्षादिप कलेजलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरीमा खेले पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा पनि दुवै टिमले ४–४ गोलको बराबरी खेले पछि खेलको छिनोफानो सडन डेथबाट भएको थियो । खेलको म्यान अफ द म्याच अर्किडका हृत्तिक मगर घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *