Tune to BFM 91.2|Biratnagar

हिसान स्मोर्टस् मिट : कोशी, एभरेष्ट, सिटी र अरनिको कलेज विजयी

विराटनगर ७ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङको आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत आज भएको खेलमा कोशी क्याम्पस , , एभरेष्ट कलेज पथरी, सिटी कलेज र अरनिको कलेज विजयी भएको छ । आज भएको क्रिकेटमा कोशी क्याaम्पस र एभरेष्ट कलेजले जित हात पारेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले कोवास कलेजलाई १ सय २६ रनको विशाल अन्तरले पराजित गरेको छ ।टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार पारेको थियो । कोशीकालागि अमित मण्डलले ४१ रन बनाउँदा कालीचरण यादव र अमित यादवले २३–२३ रनको योगदान गरे । कोवासका रितिक महतोले ३ विकेट र अनिल ढकालले २ विकेट लिए । १ सय ८३ रनको लक्ष्य पछ्याएको कोवासले १८ दशमलव १ बलमा सवै विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो । कोवासका आनन्द साहले १० रन जोडे । कोशीका म्यान अफ द म्याच सुवास यादवले ३ विकेट तथा सोनस मण्डल र श्रवण किस्कुले २–२ विकेट लिए ।त्यसैगरि दोस्रो खेलमा एभरेष्ट कलेज पथरीले विद्या भुमि कलेजलाई ६७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एभरेष्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ८१ रनको योगफल तयार पोरेको थियो । एभरेष्टकालागि म्यान अफ द म्याच आकाश खत्रीले ८० रन बनाउँदा दिनेश पोखरेलले २२ रनको योगदान गरे । विद्या भुमिका राकेश राजवंशीले ३ विकेट र सरिफ नवाफले २ विकेट लिए । १ सय ८२ रनको लक्ष्य पछ्याएको विद्या भुमिले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय १८ रन मात्रै बनाउन सक्यो । जस्मा रोशन भण्डारीले १८ रन बनाउँदा विल मगरले २६ रन जोडे । एभरेष्टका आकाश खत्री र विकेन थापाले समान २–२ विकेट लिए ।फुटबलमा एभरेष्ट कलेज, सिटी र अरनिको कलेज विजयी भएका छन् । पहिलो खेलमा एभरेष्ट कलेजले विद्या भुमी कलेजलाई ३–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच एभरेष्टका एल्सन राजभण्डारीले तीने गोल गरेका छन् ।दोस्रोे खेलमा सिटी कलेजले सिर्जना कलेजलाई ५–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सिटीका सन्तोष श्रेष्ठले ४ गोल तथा भुपेन्द्र खवासले १ गोल गरेका छन् भने पराजित सिर्जनाका अनिष चौधरीले १ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button