हिस्टुन ले प्रदेश नं एक स्तरीय अधिबेशन गर्ने

0
436

विराटनगर ८ जेठ । माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) ले प्रदेश नं एक स्तरीय अधिवेशन गर्ने भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ १० गते प्रथम प्रदेश अधिवेशन गर्ने जानकारी गराएको छ । साबिक उच्च माविका शिक्षकहरुको संगठनले देश संघिय संरचना मा गैसकेको अबस्थामा पहिलो पटक अधिवेशन गरि आफ्ना मागहरुलाइ सशक्त रूपमा उठान गर्ने जनाएको छ । गत वर्ष दुईवटा सस्थाहरु एकीकृत गरि हिस्टुन स्थापना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । दरबन्दी र अनुदान गरि ९ सय ८० र निजि श्रोतबाट ५ सय गरि १ हजार ४ सय ८० शिक्षक कार्यरत रहेको पत्रकार सम्मेलनमा वताईएको छ । साबिकको सामुदायिक उच्च मावि तहको लागि चार हजार शिक्षण अनुदानलाई दरबन्दीमा परिणत गर्नुपर्ने, दरबन्दी र अनुदानमा कार्यरत बाहेकका सोही तहमा कार्यरत शिक्षकहरुको ब्यबस्थापनका लागि तत्काल थप आबस्यक दरबन्दी स्वीकृत गराउनुपर्ने ,साबिकको उमावि तहमा कार्यरत शिक्षकहरुलाइ विशेष आन्तरिक प्रक्रिया द्वारा मावी द्वितीय श्रेणिमा स्थायी गरिनुपर्ने लगाएतका माग हिस्टुनले अगाडि सारेको छ । प्रदेश एकमा सातसय माध्यमिक विद्यालय रहेको हिस्टुनका मोरंग अध्यक्ष कैलाश दाहालले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here