हुण्डी कारोबारमा संलग्न पक्राउ

0
109

विराटनगर, ४ कात्तिक । विराटनगर महानगरपालिका–७ भाटभटेनीस्थित एक्सेल बैंक अगाडिबाट प्रहरीले हुण्डी कारोबारको अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा हिजो साँझ विराटनगर–१५ का ४९ वर्षीय विनोदप्रसाद साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताउनु भयो । साहका साथबाट सात लाख १८ हजार आठ सय ६० नेपाली रुपैयाँ बरामद भएको जानकारी उहाँले दिनु भयो । शंकास्पद रुपमा हिंडिरहेका बेला पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा साथमा ठूलो परिणाममा नेपाली रुपैयाँ फेला परेको थियो । साहले बोकेको रकमको स्रोत नखुलेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी खिँउजुको भनाइ छ । साहलाई आवश्यक कारबाहीका लागि प्रहरीले आज राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here