हुसेन हत्याकाण्ड : एक आरोपी सार्वजनिक गर्दै प्रहरी

0
111

विराटनगर, २६ पुस ।सुनसरीको दुहबीका व्यावसायी मोहम्म फिदा हुसेनमाथि गोली प्रहार गर्ने सुटरलाई प्रहरीले पक्राउ गरेको छ । गत ५ मंसिरमा जय बाबा इँटा उद्योगका सुपरभाइजर उनको गोली हानी हत्या गरिएको थियो । पक्राउ पर्नेको नाम खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय, सुनसरीका एक अधिकारीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गर्नुभयोे । उहाँले भन्नुभयोे, ‘यहाँ हामीले ल्याइसकेका छौं । पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।’ यसअघि घटना भएलगत्तै विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शन गर्दै स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका थिए । उनीहरुले हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न माग गरेका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here