११ लाख ९२ हजार ९ सय ५९ जना निको भएर घर फर्किए
विराटनगर, २३ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण २ लाख ५१ हजार बढीको मृत्यु भएको छ ।
आज विहान सम्म २ लाख ५१ हजार ९ सय ४७ जनाको मृत्यु भएको हो । २ सय १२ देशमा फैलिएको कोरोना भाईरसका कारण ३६ लाख ४१ हजार २ सय ४ जना संक्रमित भएका छन् । संक्रमित भएका मध्ये ११ लाख ९२ हजार ९ सय ५९ जना निको भएर घर फर्किएका छन् ।
सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ७ सय ९ जनाको ज्यान गएको छ । १२ लाख ११ हजार संक्रमित भएका छन् । इटालीमा २९ हजार ७९, स्पेनमा २५ हजार ४ सय २८, बेलायतमा २८ हजार ७ सय ३४, फ्रान्समा २५ हजार २ सय १ जनाको ज्यान गइसकेको छ । रुसमा पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ५८१ कोरोना संक्रमित थपिएका छन् ।
रुसमा संक्रमितको संख्या १ लाख ४५ हजार पुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ । ३ हजार ९ सय ३२ नयाँ संक्रमित थपीएका छन् । १ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ ।