१३औं ‘साग’मा नेपाल अहिलेसम्म ४१ स्वर्ण जित्न सफल

0
97

काठमाण्डौ २० मंसिर ।१३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल दोस्रो स्थानमा यथावत रहेको छ । अहिलेसम्म नेपालले ४१ ओटा स्वर्णपदक जितेको छ । नेपालले आज मात्रै गल्फमा दुई तथा एथ्लेटिक्स र भारोत्तोलनमा एकरएक स्वर्णपदक जितिसकेको छ । भारत ६७ स्वर्णसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको श्रीलंकाको २३, चौथो स्थानको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्णपदक छ । पुछारको भुटानको ६ कास्यपदकमात्रै छ । नेपालले अहिलेसम्मका साग संस्करणमा जितेको कुल स्वर्णको संख्या ११२ पुगेको छ । १२औं सागसम्म नेपालले ७१ स्वर्णपदक जितेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here