१७ थान हतियार बुझाइयो

0
74

विराटनगर, ५ बैशाख । गृह मन्त्रालयले अवैध र नवीकरण नगरिएका हतियार बुझाउन दिएको समय सीमा भित्र मोरङमा १७ थान हतियार बुझाइएको छ । शान्ती सुरक्षा सुदृढ बनाउन गृह मन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयमा बुझाइएको हो । २०७५ साल चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर विभिन्न हातहतियार बुझाउन गृहमन्त्रालयले निर्देशन दिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीका अनुसार मोरङमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलबारी र उर्लाबारीमार्फत प्रशासनमा हतियार बुझाइएको छ । मोरङमा ७ सय २३ जनाको नाममा हतियार दर्ता रहेकोमा म्याद भित्र २ सय १७ वटा मात्र हातहतियारको मात्रै नवीकरण भएको उहाँको भनाइ छ । अवैध र नवीकरण नभएका बुझाउन दिइएको अवधिमा न्यून मात्रमा हतियार बुझाइएको ओलीले बताउनु भयो । समयभित्र अवैध हातहतियार नबुझाइएको र त्यस्ता हतियार पछि फेला परेर कारवाही गरिने जानकारी उहाँले दिनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here