१८ जना फरार प्रतिवादी पक्राउ

0
82

विराटनगर, २९ पुस । मोरङको पथरीस्थित इलाका प्रहरी कार्यालयले पुस महिना भरीमा १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ । अदालतबाट विभिन्न मितिमा दोषी ठहर भए पनि फरार रहेको पाइएपछि पक्राउ गरिएको डीएसपी दिलिप गिरीले बताउनु भयो । उहाँकाअुनसार बहुबिबाह, सवारी ज्यान, नकावजनी चोरी, लागुऔषध तथा जबरजस्ती करणी मुद्धाका प्रतिवादी पक्राउ परेका हुन् । उनीहरुलाई अदालतबाट कैद तथा जरीवानाको फैसला भएको थियो । फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाउने क्रमलाई तीव्र पारिएको गिरीको भनाइ छ । उहाँले फरार पक्राउ गर्न विशेष टोली नै परिचालन गरिएको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here