१९ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

0
112

काठमाण्डौं, २७ साउन । १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइदै छ । रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले यो नारा तय गरिएको जनाइएको छ । दिवसका अवसरमा नेपाल युवा परिषदले राष्ट्रिय युवा सम्मेलनको आयोजना गरेको छ । विशेषत युवा नेतृत्व, दिगो विकासको लक्ष्य, चेलीबेटी बेचविखन नियन्त्रण लगायतमा विभिन्न सेसनमा छलफल हुने परिषदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । युवाका सरोकारलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो । यस वर्ष युवा दिवसका लागि संयुक्त राष्ट्रसंघले ‘सेफ स्पेस फर युथ’ भन्ने नारा तय गरेको छ । नेपालमा युवाको जनसंख्या सबैभन्दा बढी ४० दशमलव ३५ प्रतिशत छ । तर युवा जनशक्तिलाई सदुपयोग गर्न नसक्दा लाखौं युवा विदेशिन बाध्य छन् ।
………………………

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here