Tune to BFM 91.2|Biratnagar

१ नम्बर प्रदेशमा ११ जना डिस्चार्ज, ६९ को रिर्पाेट नेगेटिभ

विराटनगर, २५ चैत । एक नम्बर प्रदेशमा कोरोना भाइरस संक्रमण रोकथामकालागि आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार हिजो सम्म डिस्चार्ज हुनेहरुमा पाँच महिला र ६ जना पुरुष छन् ।

एक नम्बर प्रदेश सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर कोरोना भाइरसको प्रारम्भीक उपचारको प्रबन्ध गरेको छ । आइसोलेसनमा हालसम्म १५ जनालाई राखिएका छन ।

सरकारले एक नम्बर प्रदेशमा ४ सय ३८ आईसोलेसन बेड तयार गरेको छ । यसैगरी ४ हजार ३७ वटा क्वारेन्टाइन बेड तयार गरेको छ । संक्रमितहरुको उपचार गर्नकालागि ४४ आईसियू बेड तयारी अवस्थामा छन् ।

हिजो सम्म क्वारेन्टाइनमा ४४ महिला र ५ सय ६६ पुरुषसहित जम्मा ६ सय १० जनालाई राखिएका छन । होम क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ३८ जना महिला र दुई हजार ३ सय ९ पुरुष गरी जम्मा २ हजार ८ सय ४७ जना पुगेको छ । एक नम्बर प्रदेशमा हालसम्म ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षण गरिएको छ ।

तीमध्ये ६९ जनालाई कोरोना नभएको पुष्टि भएको छ । बाँकीको रिर्पाेट आउन बाँकी रहेको छ । स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिर्पाेट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमूना धरान पठाइएको छ ।

प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानबाट कोरोना संक्रमणको परीक्षण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button