Tune to BFM 91.2|Biratnagar

१ हजार शैयाको कोभिड अस्पताल निर्माण गर्न काँग्रेसको माग

विराटनगर, २७ असोज । प्रदेश–१ को प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले १५ दिनभित्र १ हजार शैयाको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ ।

आज विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिपक्षी दलले १ हजार शैयाको कोभिड अस्पताल १५ दिनभित्र निर्माण गर्न माग गरेको हो । प्रतिपक्ष दलका संसदीय दलका नेता राजीव कोइरालाले लकडाउनका अवधिमा प्रदेश सरकारले कोभिड अस्पताल निर्माणको अवसर चुकाएको बताउनुभयो ।

कोइरालाले स्थानीय तहदेखि जिल्ला, प्रदेश र केन्द्रसम्म रहेको विपद् व्यवस्थापन समितिलाई सक्रिय नपारेर अनेक खालका समिति बनाएर सरकार अलमलिइरहेको उहाँको भनाइ छ । प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी विराटनगरमा एक महिनाभित्र एक हजार शैयाको कोभिड अस्पतालको निर्माण गर्ने घोषणा गरे पनि अझैसम्म अस्पताल नबनेको बताउनुभयो ।

कार्कीले कोभिडका विरामी घरमै छटपटाएर पीडादायी रुपमा मर्न बाध्य भइरहे पनि प्रदेश सरकारले मानवीय संवेदना र करुणा नदेखाएको आरोप लगाउनुभयो । उहाँले १५ दिनभित्र सरकारले घोषणा गरेअनुसारको १ हजार शैयाको अस्पताल निर्माण गर्न माग गर्नुभयो ।

कार्कीले दिनानुदिन अनपेक्षित रूपमा संक्रमितको संख्या बढिरहे पनि कार्यक्रम र समारोह होस् वा गुद्री, हाटबजार कतै पनि स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button