Tune to BFM 91.2|Biratnagar

१ हजार ६ सय खाध्यबस्तुको नमूना परीक्षण

विराटनगर ८ संसिर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय विराटनगरले १ हजार ६ सय बढी खाध्यबस्तुको नमूना परीक्षण गरेको छ । चालु आर्थिक बर्षको साउन देखि कात्तिक मसान्त सम्ममा १ हजार ६ सय १७ वटा नमुना परिक्षण गरेको हो ।

कोरोना तथा मुख्य चाडपर्वको समयमा प्रथम चौमासिकमा ५ सय ५९ वटा नमुना परिक्षणको लक्ष्य राखिएकोमा एक हजार ६ सय १७ वटा नमुना परिक्षण गरि शतप्रतिशत प्रगती हासिल गरेको कार्यलयका खाद्य अनुसन्धान अधिकृत सञ्जय भण्डारीले जानकारी दिनुभयो ।

हिजो विराटनगरमा सम्पन्न प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठीमा नमुना संकलन तथा विश्लेषणका क्रममा अखाद्य बस्तु विक्रि वितरण गर्ने ११ वटा कम्पनीलाई मुद्धा दर्ता गरी प्रकृयामा रहेको भण्डारीले जानकारी दिनुभयो ।

चार महिनाको अवधिमा २ हजार ८ सय ८० लिटर सुर्यमुखी तेलको कच्चा पदार्थ, बेसन १४० केजी, घ्यु ४४० केजी लगायतका १५ प्रकारका म्याद गुज्रिएका बस्तु जफत गरि नष्ट गरिएको बताईएको छ ।

समीक्षा कार्यक्रममा सुनसरीका खाद्य अनुसन्धान अधिकृत काशीनाथ घिमिरे, झापाका भरत बहादुर पुरी, धनकुटाका अनुप हलवाई र उदयपुरका रमेश दाहालले जिल्लामा प्रथम चौमासिकमा करिव ९० प्रतिशत प्रगति हासिल गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button