२० हजार मूल्य बराबरको सामान भेटियो
विराटनगर, १० पुस । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान प्रहरीलाई देखेपछि छोडीएको अवस्थामा फेला पारिएको छ । विराटनगर–१२ बखरी बाट मोरङ प्रहरीको टोलिले २० हजार ३७१ मूल्य बराबरको लत्ता कपडा र सुर्ती फेला पारेको हो ।
३१ थान स्वेटर, ११ थान हाईनेक, ट्राउजर ४ थान, अण्डरवेर १२ थान, स्याण्डो भेष्ट ३१ थान र सुर्ती २ बोरा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरगका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । फेला पारिएको सामान विराटनगर भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।