Tune to BFM 91.2|Biratnagar

२४ जना थपिए संगै नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

काठमाण्डौ १ जेठ । थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अब यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिन्भयो । नया थपिएका संक्रमित मध्ये ९ जना गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवारका हुन् ।

उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् ।उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएको बताईएको छ ।त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ । उनीहरू मध्ये चार जना सुरक्षाकर्मी समेत रहेका छन ।

दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई हुन ।यसैगरी पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ ।नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु कपिलवस्तु र बाँकेका थिए ।सबैको स्वाथ्य अवस्था सामान्य रहेको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिन्भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button