२५ दिनपछि प्रदेशसभा बैठक बस्दै

0
87

प्रदेश ३ को प्रदेशसभा बैठक २५ दिन पछि आज बस्दैछ । राजधानी सम्भ्याव्यता अध्ययन समिति बनाउने सभाको निर्णयविरुद्ध उच्च अदालत पाटनको हेटौंडास्थित इजलासमा रिट दायर भएपछि गत साउन ३ गते स्थगित गरिएको बैठक आजका लागि बोलाइएको हो । आजको बैठकमा राजधानीबारेको प्रतिवेदन भने पेश नहुने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । बैठकमा मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाको सर्त सम्बन्धी बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन विद्येयक, प्रदेशसभा सचिवालयको व्यवस्थापन सम्बन्धि विधेयक र प्रदेश प्रशासनिक कार्यविधि विधेयक पेश गरिने सम्भावित कार्यसूची रहेको सभामुख श्रेष्ठले बताउनुभयो । प्रदेशसभाका पदाधिकारीको पारिश्रमिक तथा सुविधा विधेयकमाथि कार्यव्यवस्था परामर्श समितिको बैठकममा दफाबार छलफल भएपनि आजको प्रदेशसभा बैठकमा भने प्रस्तुत नहुने भएको छ । गत असार ४ गते नै सो सम्बन्धि निर्णय गरिएपनि सरकार सो निर्णयप्रति सकारात्मक नभएको भन्दै सो विधेयक पेश गर्न आलटाल भएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here