२७ महिलाले इम्प्लान्ट लगाए

0
99

विराटनगर, २४ जेठ । मोरंगको ग्रामथानका दुई दर्जन महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाएका छन् । ग्रामथान वडा नं. को ४ मोतिपुर स्वास्थ्य चौकीमा सुनौलो परिवार नेपाल र मेरी स्टप क्लिनिकले संचालन गरेको एक दिने ईम्पलान्ट तथा आईयुसिडि शिविरमा २७ जना प्रजनन उमेर समुहका महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाएको स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष गौतमले जानकारी दिनुभयो । आ.ब. २०७५÷७६ को आज सम्ममा ८१ जनाले ईम्पलान्ट लगाई सकेको उहाँले बताउनुभयो । चेतनाको स्तर बढेकाले महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गर्ने दर मोतिपुर मा बढेको इन्चार्ज गौतमको भनाई छ । स्वास्थ्य चौकी मोतिपुरले समुदायमा स्वास्थ्य संवन्धिका विभिन्न क्रियाकलापहरु गर्दै आएको उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here