२८ औं अन्र्तराष्ट्रिय दिवस मनाईदै

0
64

विराटनगर, १६ मंसिर । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं. १ ले विभिन्न कार्यक्रम गरि २८ औं अन्र्तराष्ट्रिय दिवस मनाउने भएको छ । ‘दीगो विकास लक्ष्य, अपाङ्गतामैत्री भविष्य’ भन्ने नाराका साथ महासंघले आज साँझ विराटनगर वस पार्कमा दीपप्रज्वलन गरि कार्यक्रमको शुरुवात गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि महासंघले भोली विहान साढे ७ वजे सामाजिक विकास मन्त्रालयबाट प्रभातफेरि निकालिने र विराटनगर इप्लटमा सभा गर्ने, भोली नै झापाको दमकमा सांस्कृतिक कार्यक्रम गरिने तय भएको प्रदेश अध्यक्ष पार्वता श्रेष्ठले बताउनुभयो । उहाँले आज साँझ दीप प्रज्वलन गरिएको बताउनुभयो । महासंघले पाँचथर र धनकुटामा वक्तृत्वकला, समावेशी शिक्षा नीति अनुसार श्रोत कक्षा सञ्चालन भएका र अन्य विद्यालयको अनुगमन, अपाङ्गता भएकाहरुको प्रदेश भेला, रोजगार मेला, अन्र्तक्रिया लगायतका कार्यक्रम गरिने कार्यक्रम अधिकृत विमल वस्नेतले बताउनुभयो । हरेक वर्षको डिसेम्वर ३ मा नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अन्र्तराष्ट्रिय दिवस मनाईदै आईएको छ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्याको झण्डै २ प्रतिशतमा विभिन्न प्रकारको अपाङ्गता रहेको देखिन्छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here