२ दिनेअभिमुखीकरण कार्यक्रम सम्पन्न

0
53

विराटनगर, ३१ जेठ । अन्तराष्ट्रिय स्वास्थ्य विनियम तथा महामारी व्यवस्थापन सम्बन्धमा २ दिनेअभिमुखीकरण कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग र विराटनगर महानगरपालिकाको सहआयोजनामा भएको कार्यक्रमले मोरङका हरेक नगरपालिका र गाउपालिकामा रेपिड रेस्पोन टिम गठन गर्ने निर्णय गरेको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाकी स्वास्थ्य संयोजक लजिता योञ्जनले खोज नष्ट अभियानसँगै माइकीङ मार्फत डेंगुको बारेमा जानकारी गराइएको बताउनु भयो । उहाँले डेंगुका बारेमा सचेतनाका कार्यक्रम संचालन गरिएको पनि बताउनु भयो । विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर प्रकाश साह , स्वास्थ्य सेवा निर्देशनालय प्रदेश १ का भोगेन्द्र डोटेल विश्व स्वास्थ्य संगठनका डाक्टर दिपेन्द्र गौतम लगायतले डेगु नियन्त्रणका लागि खोज तथा नष्ट अभियान आवश्यक रहेको बताउनु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here