२ दुई लाख ७८ हजार ३ सय ३० जना उपचारपछि निको
विराटनगर, २५ चैत । कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वभर १३ लाख ४३ हजार ५ सय ५८ जना व्यक्ति संक्रमित भएका छन् । आज विहान ६ वजे सम्म ७४ हजार ६ सय २६ जनाको मृत्यु भएको छ ।
पछिल्लो तथ्यांकअनुसार संक्रमितमध्ये दुई लाख ७८ हजार ३ सय ३० जना उपचारपछि निको भएका छन् । अमेरिकामा सबैभन्दा बढी तीन लाख ६४ हजार ८८५ जना संक्रमित भएका छन् भने १० हजार ८ सय ५९ जनाको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या एक लाख ३६ हजार ६ सय ७५ जना पुगेको छ । स्पेनमा मृतकको संख्या १३ हजार ३ सय ४१ पुगेको छ । यूरोपेली मुलुक इटलीमा एक लाख ३२ हजार ५ सय ४७ जना संक्रमित भएका छन् भने १६ हजार ५ सय २३ जनाको मृत्यु भएको छ ।
यस्तै, जर्मनीमा १ लाख ३ हजार ३ सय ७४ जना संक्रमित भएका छन् भने एक हजार ८ सय १० जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना संक्रमितको संख्या ९८ हजार १० पुगेको छ । मृतकको संख्या ८ हजार ९ सय ११ पुगेको छ ।
उता, इरानमा कोरोना संक्रमितको संख्या ६० हजार ५०० पुगेको छ भने तीन हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमितको संख्या ५१ हजार ६ सय ८ पुगेको छ भने ५ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ ।
यस्तै, भारतमा संक्रमितको संख्या चार हजार ७ सय ७८ पुगेको छ भने मृतकको संख्या १ सय ३६ पुगेको छ । पाकिस्तानमा कोरोना संक्रमितको संख्या तीन हजार ७ सय ६६ पुगेको छ । ५३ जनाको मृत्यु भएको छ ।